ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्र बैंकद्वारा दुई हप्तामा तेस्रोपटक रिपो जारी, ५० अर्बको रिपो ४५ दिनका लागि पठाउँदै

२०७९ पुस, १३  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ दुई हप्ता पूरा नहुँदै तेस्रो पटक रिपो जारी गरेको छ । यस अघि गत मंसिर २९ र पुस ७ मा २०/२० अर्बको रिपो जारी गरेको केन्द्रीय बैंकले यस पटक भने एकैपटक ५० अर्ब रुपैयाँको रिपो जारी गरेको छ । यस अघि जारी गरिएका रिपो १४ दिने अवधिका थिए । जस अनुसार मंसिर २९ गते जारी भएको रिपो पुस १४ गते फिर्ता हुन्छ । राष्ट्र बैंकले भने अहिले फिर्ता हुने रकममा थप ३० अर्ब रुपैयाँ थपेर ४५ दिनका लागि अर्को रिपो जारी गरेको हो ।

तरलता व्यवस्थापन गर्न साधारण प्रकृतिको रिपोमार्फत ४५ दिनको लागि उक्त तरलता बैंकिङ प्रणालीमा पठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । पुसमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा प्रणालीबाट राजस्वको रुपमा ठूलो पैसा बाहिरिने र राष्ट्र बैंकले पुर्नकर्जा नवीकरण नगर्दा प्रणालीमा थप दबाब पर्न सक्ने भएकाले रिपोमार्फत बैकिङ प्रणालीमा तरलता पठाउन लागिएको राष्ट्र बैंकको भनाइ छ ।

आन्तरिक ऋण परिचालन गर्न पनि बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा (एसएलएफ) सापटी लिनुपर्ने अवस्था सिर्जना हुने भएपछि राष्ट्र बैंकले रिपो मार्फत तरलता पठाउन लागेको हो । बुधवार सूचना जारी गरिएको रिपोको बोलकबोल पुस १४ गते बिहीवार हुने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)