काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले प्रभातफेरि कार्यक्रम आयोजना गरेका छन् । सोमवारदेखि एकीकृत कारोबार गर्ने तयारीमा रहेका बैंकहरूले शनिवार काठमाडौं उपत्यकासहित विभिन्न शहरहरूमा संयुक्त रूपमा प्रभातफेरि गरेका हुन् । प्रभात फेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायत कर्मचारीको उपस्थिति थियो ।
मर्जरपश्चात् बैंकको कुल पूँजी रू. ५७ अर्ब, चुक्ता पूँजी रू. ३५ खर्ब ७७ अर्ब, कुल निक्षेप रू. ४ खर्बभन्दा बढी र कुल कर्जा रू. ३ खर्ब ७९ अर्बभन्दा बढी पुग्ने बैंकले जानकारी दिएको छ ।
मर्जरपछि बन्ने नयाँ बैंक कुल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आधारमा नेपालको सबैभन्दा ठूलो बैंक बन्ने दाबी गरिएको छ ।