काठमाडौं । सनराइज बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छूट पाउने भएका छन् । काठमाडौंको पुरानो बानेश्वरमा रहेको उक्त हस्पिटलमा आफ्ना ग्राहकलाई छूट उपलब्ध गराउने गरी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको क्रेडिट, डेबिट कार्ड तथा मोबाइल बैकिङमार्फत हस्पिटलका विभिन्न सेवाको भुक्तानी गर्दा छूट पाउने बैंकको भनाइ छ । हस्पिटलका ओपीडी सेवा र बेड शुल्कमा १३ प्रतिशत, ओपीडी फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छूट पाइनेछ । सम्झौतापत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ अफिसर सुरेशकुमार मनोहरनले हस्ताक्षर गरेका छन् ।