ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किन्निहो प्रालिसँग मेगा बैंकको सम्झौता

२०७९ पुस, २४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मेगा बैंक नेपाल र किन्निहो प्रालिबीच सम्झौता गरिएको छ । साना किसानहरूको कृषि व्यवसाय प्रबद्र्धन गर्न डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बैंकले वैदेशिक रोजगारीबाट फर्केका र साना तथा मझौला कृषकहरूलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्न किन्निहोको सिफारिशमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । उक्त कर्जा साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिअनुसार दिइने बैंकले बताएको छ ।

बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरूलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुको साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी बैंकको गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)