काठमाडौं । डा. भगवान कोइरालाको पहलमा निर्माण भइरहेको बाल अस्पताललाई मुक्तिनाथ विकास बैंकले आर्थिक सहयोग गर्ने भएको छ । १७औं वर्ष प्रवेश गरेको अवसरमा बैंकले उक्त जानकारी दिएको हो । त्यसका लागि डा. कोइराला अध्यक्ष रहेको गैरनाफामूलक संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । उक्त संस्थाले झापाको दमकमा बाल अस्पताल निर्माण गरिरहेको छ । उक्त अस्पताल निर्माणका लागि बैंकले ५ लाख रुपैयाँ सहयोग गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा बैंकका अध्यक्ष भरतराज ढकाल र संस्थाका अध्यक्ष समेत डा. कोइरालाले हस्ताक्षर गरेका छन् ।