काठमाडौं । नेपाल एसबिआई बैंकको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमवार सम्पन्न सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह लगायतका विवरण पारित गरेको छ ।
यसैगरी साधारणसभाले बैंकका शेयरधनीलाई चुक्तापूँजीको १० दशमलव ५३ प्रतिशत लाभांश (३ प्रतिशत बोनस शेयर र ७ दशमलव ५३ प्रतिशत नगद लाभांश) वितरणको प्रस्ताव पारित गरेको छ । यस्तै बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैंकिङ’को आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत समेत गरेको छ ।