काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ललितपुरको नख्खुमा रहेको फ्लेक्स फिटनेस सेन्टरबीच सम्झौता गरिएको छ । बैंकका कार्डवाहकलाई छूट दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौताअनुसार बैंकका कार्डवाहक ग्राहकले फ्लेक्स फिटनेस सेन्टरका विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छूट पाउने छन् । दुई संस्थाबीचको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न सो किसिमका सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बैंकले बताएको छ ।