ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीबीआईएल क्यापिटलको अध्यक्षमा काफ्ले

२०७९ पुस, २६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सीबीआईएल क्यापिटलको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त भएका छन् । संस्थाको विशेष साधारणसभाबाट नियुक्त भएका सञ्चालकहरूबाट मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनलको तर्फबाट मनोनीत भई संस्थाको सञ्चालक सदस्य रहेका काफ्लेलाई सोमवार अध्यक्षमा नियुक्त गरिएको हो । सोमवारको बैठकमा सिटिजन्स बैंकका अन्य सञ्चालकहरू राजेन्द्रलाल श्रेष्ठ, प्रमेशराज कायस्थ, कर्मचारी सञ्चय कोषका सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ र कम्पनी सचिव रमेश लुइँटेलको उपस्थिति थियो ।

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रवर्द्धन, धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार तथा डि–म्याट खातालगायत काम सीबीआईएलले गर्दै आएको छ । सीबीआईएल सिटिजन्स बैंकको सहायक कम्पनी हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)