काठमाडौं । महालक्ष्मी विकास बैंकले छात्रवृत्ति वितरण गरेको छ । बैंकले वीरगञ्जको त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत जीवन राजवंशीलाई ‘हिरा गिरी जेहेनदार छात्रवृत्ति’ प्रदान गरेको हो । विभिन्न सातओटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित उक्त छात्रवृत्ति बैंक सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिकलाई हस्तान्तरण गरेका थिए । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सघाउने उद्देश्यले उक्त छात्रवृत्ति दिइएको बैंकले जानकारी दिएको छ । छात्रवृत्ति ५० हजार रुपैयाँको छ ।