ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथ विकास बैंकको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ सञ्चालन

२०७९ पुस, २७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ सञ्चालनमा ल्याएको छ । १७औं वर्ष प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्यले बैंकले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

विभिन्न अनाथालय तथा वृद्धाश्रमहरूमा थोपा सिँचाइयुक्त करेसा बारीको निर्माण, तरकारीको बीउ तथा कुहिने फोहोर व्यवस्थापनमा सघाउन उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । दैनिक रूपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै  परिमाणमा भए पनि आश्रमभित्रै उत्पादन गरी आत्मनिर्भरताका लागि प्रोत्साहन गर्न सो कार्यक्रम अभियानको रूपमा ल्याइएको बैंकले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)