काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । भुक्तानीसम्बन्धी कारोबार गर्ने नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न कम्पनी एनपीएसमा आबद्ध भएको हो । त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ । सम्झौतापत्रमा साना किसान विकास लघुवित्तका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार साना किसान विकास लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडेर एनपीएस अन्तर्गतका विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सकिनेछ ।