ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित

२०७९ पुस, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । बिहीवार सम्पन्न बैंकको ३०औं वार्षिक साधारणसभाबाट उक्त विशेष प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा बसेको थियो ।

सभामा अध्यक्ष श्रेष्ठले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहित सो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्तापूँजीको ८ प्रतिशत बोनस शेयर र ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)