काठमाडौं । सिद्धार्थ बैंकको प्रस्तावित लाभांश पारित गरिएको छ । बिहीवार बसेको बैंकको २१औं वार्षिक साधारणसभाबाट साढे १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश पारित गरिएको हो । बैंकले यसअघि सो बराबर बोनस शेयर र नगद लाभांश दिने प्रस्ताव गरेको थियो । हाल बैंकको चुक्तापूँजी १२ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ छ ।