ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिभिल बैंकको ५% लाभांश पारित

२०७९ पुस, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिभिल बैंकको १२औं वार्षिक साधारणसभाले ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बिहीवार सम्पन्न बैंकको उक्त साधारणसभाले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

यसैगरी सभाले यस बैंकलाई हिमालयन बैंकले शेयर आदान प्रदान अनुपात १००:८०.२८ मा प्राप्ति गर्ने विशेष प्रस्ताव समेत स्वीकृत गरेको छ । सो सम्बन्धमा सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र तथा अन्तिम सम्झौतापत्र लगायत विवरण पनि सभाबाट अनुमोदन गरिएको छ । प्राप्ति प्रक्रियाका लागि आवश्यक कामकारबाही गर्न सञ्चालक समितिलाई अधिकार दिने निर्णय समेत गरिएको बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)