ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसीएचएलको ४० प्रतिशत लाभांश पारित

२०७९ पुस, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को ४० प्रतिशत लाभांश पारित गरिएको छ । बिहीवार बसेको कम्पनीको ११औं वार्षिक साधारणसभाले ३८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । लाभांश वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ७८ करोड ३३ लाख ७५ हजार हुनेछ ।

कम्पनीले पूँजीवृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणाली स्थापना गर्ने, जोखिम व्यवस्थापन सुदृढ बनाउने र नेशनल पेमेन्ट स्वीच अन्तर्गतको पूर्वाधार विस्तारलगायतमा लगानी गर्ने बताएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा कम्पनीबाट फर्छ्योट भएका कारोबारको संख्या ५७ प्रतिशतले बढेको जानकारी दिएको छ । साथै कम्पनीको खुद नाफामा ४० प्रतिशतले वृद्धि भएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)