ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिम इलेक्ट्रोनिक्समा छूट

२०७९ पुस, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले हिम इलेक्ट्रोनिक्सका सामान खरीदमा छूट पाउने भएका छन् । त्यसका लागि बैंकले हिम इलेक्ट्रोनिक्स (सामसङ डिजिटल प्लाजा)सँग सम्झौता गरेको छ ।

सम्झौतापछि बैंकका ग्राहकले कम्पनीका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुच्चेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाबाट विद्युतीय सामग्री खरीद गर्दा १५ प्रतिशतसम्म छूट पाउनेछन् ।

बैंकका ग्राहकले सामसङ प्लाजाबाट घरायसी इलेक्ट्रोनिक सामग्रीको खरीदमा १५ प्रतिशत र मोबाइल फोन खरीदमा ५ प्रतिशत छूट पाउने सम्झौतापत्रमा उल्लेख छ । सम्झौतापत्रमा कम्पनीका प्लाजा प्रबन्धक निकिता शर्मा र बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभाग प्रमुख वसन्त बक्सीले हस्ताक्षर गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)