ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिजिटल बैंकिङमा सिटिजन्स बैंकको थप सुविधा

२०७९ पुस, ३०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल बैंकिङमा थप सुविधा उपलब्ध गराएको छ । बैंकले ग्राहकको सहजताका लागि सिटिजन्स स्मार्ट एपबाटै मुद्दती निक्षेप खाता खोल्न सकिने नयाँ सुविधा ल्याएको हो । यसबाट ग्राहकले भौतिक रूपमा शाखामै जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा बैंकले गरेको छ ।

सो एपबाट ग्राहकले विभिन्न मुद्दती निक्षेप योजना, अवधि र चाहेको रकम चयन गर्न सक्ने बैंकको भनाइ छ । एपमा मुद्दती निक्षेप अनुरोध सुविधा पनि उपलब्ध छ । यसबाट मुद्दती निक्षेप खाता भएका ग्राहकले मुद्दती निक्षेप रकमको ९० प्रतिशतसम्म मुद्दती निक्षेप खातामा ऋणका लागि अनुरोध गर्न सक्नेछन् । साथै शाखामा आउने ग्राहकको समय बचत गर्न बैंकको कर्पोरेट कार्यालयमा रहेको कियोस्क सेल्फ सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खाता खोल्ने सुविधा पनि रहेको बैंकले बताएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)