ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मञ्जुश्री फाइनान्सको १५औं वार्षिक साधारणसभा सम्पन्न

२०७९ पुस, ३०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाबाट गत आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरिएको छ । त्यस्तै गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।

केन्द्रीय कार्यालयसहित २७ शाखामार्फत कारोबार गरिरहेको कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३५ करोड रहेको छ । मङ्सिर मसान्तसम्ममा कम्पनीले रू. १२ अर्ब ४६ करोड निक्षेप संकलन र रू. ११ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)