काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रस्तावित लाभांश पारित गरिएको छ । बिहीवार बसेको बैंकको १५औं वार्षिक साधारणसभाबाट यसअघि प्रस्तावित गरिएअनुसार चुक्तापूँजीको ४ दशमलव ९५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस पारित गरिएको हो । बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी १९ अर्ब ४० करोडभन्दा बढी पुग्ने बैंकले जानकारी दिएको छ ।
साधारणसभाबाट सञ्चालक समितिले पेश गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरिएको बैंकको भनाइ छ । बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक शेयरधनीका तर्फबाट सञ्चालकमा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र वज्राचार्य तथा सर्वसाधारण शेयरधनीका तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेललाई पनि चयन गरेको छ ।