काठमाडौं । सेन्ट्रल फाइनान्सको ५ प्रतिशत नगद लाभांश पारित गरिएको छ । संस्थाको २६औं वार्षिक साधारणसभाबाट गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिएको हो ।
साधारणसभाले संजोजमान श्रेष्ठ, चैत्यराज शाक्य, चण्डिका श्रेष्ठ, डा. किशोर हाकुदुवाल, विद्याभूषण ध्वज जोशी र प्रनेश बाटीलाई सञ्चालकमा चयन समेत गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पाएको संस्थाले साढे २ दशकदेखि वित्तीय सेवा दिँदै आएको छ ।
संस्थाको ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको छ । यस्तै काठमाडौंका चावहिल र गोंगबु, चितवनको नारायणगढ, रूपन्देहीका बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीका भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको इटहरी, झापाको बिर्तामोड, पर्साको वीरगञ्जलगायतमा शाखा र भक्तपुरको सल्लाघारीमा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिइरहेको संस्थाले जानकारी दिएको छ ।