काठमाडौं । महालक्ष्मी विकास बैंकको १० दशमलव ४७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१औं वार्षिक साधारणसभाले चुक्तापूँजीको ४ प्रतिशत बोनस शेयर र ६ दशमलव ४७ प्रतिशत नगद लाभांश पारित गरिएको हो । साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शुक्रवार सम्पन्न भएको हो ।
सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पारित गरिएको छ । त्यस्तै बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू पारित गरिएको बैंकले जानकारी दिएको छ ।
साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताको रूपमा भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ ।