काठमाडौं । राष्ट्रिय खाद्य बैंकको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।
सभामा पूर्वस्वास्थ्यमन्त्री उमेश श्रेष्ठले सरकारले गर्नुपर्ने काम खाद्य बैंकले गरेको बताए । ‘खाद्य बंैकले सराहनीय कार्य थालेको छ । त्यसकारण पनि म यस संस्थासँग जोडिएको छु,’ उनले भने, ‘व्यवस्थापकीय रूपमा सबल भएर अघि बढ्न सके संस्थाले ठूलो उपलब्धि हासिल गर्ने देखेको छु ।’ सभामा बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफूहरूको सपनाले मूर्तरूप लिन थालेको बताए । २ वर्षमै संस्था रू. ३० लाख नाफामा गएको र आगामी वर्ष त्यसलाई बढाउने उनले बताए ।
अध्यक्ष उप्रेतीले खाद्य बैंकले आफ्ना कृषि उत्पादन ४ प्रदेशका २३ जिल्लाबाट गरिरहेको र आगामी दिनमा ७ ओटै प्रदेशबाट अग्र्यानिक कृषि उपज उत्पादनमा खाद्य बैंक लागिपर्ने बताए ।