ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथ विकास बैंकको १४.२२ प्रतिशत लाभांश पारित

२०७९ माघ, १  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकको गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट प्रस्तावित १४ दशमलव २२ प्रतिशत लाभांश पारित गरिएको छ । बैंकको १६औं वार्षिक साधारणसभाबाट १३ दशमलव शून्य ५ प्रतिशत बोनस शेयरसहित उक्त लाभांश पारित गरिएको हो ।

त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । त्यस्तै चालू आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव सभाबाट पारित गरिएको छ ।

बैंकका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभामा बैंक सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले आ–आफ्ना भनाइ राखेका थिए । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)