ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वरोजगार तालीममा युवाको आकर्षण

२०७९ माघ, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । स्वरोजगार बनाउने उद्देश्यले सरकारले ल्याएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजनामा युवाको आकर्षण देखिएको छ । यो परियोजनाअन्तर्गत सन् २०११ देखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ५ वर्षका लागि तालीम दिँदै आएको छ । तालीमका लागि विश्व बैंकको ऋण सहयोग छ । सोहीअनुसार सन् २०१७ देखि शुरू गरिएको दोस्रो चरणको तालीम एवम् प्रशिक्षण अन्तिम चरणमा पुगेको छ । सरकारले प्राथमिक शिक्षाको पहुँचमा नपुगेका १६ वर्षदेखि ४० वर्ष उमेर समूहलाई तालीम दिँदै आएको छ । हस्पिटालिटी, कार्पेन्टर, इलेक्ट्रिसियन, प्लम्बर, ब्युटिसियन, आधुनिक कृषि प्रणाली लगायत ५२ विधामा प्रशिक्षण भइरहेको परियोजनाका निर्देशक शिवकुमार सापकोटाले बताए ।

सरकारले ५ वर्ष अवधिमा देशभर १ लाख १५ स्वरोजगार सृजना गर्ने उद्देश्यले देशभर तालीम दिँदै आएको उनले बताए । ‘जो शिक्षाको पहुँचमा छैनन्, जो विपन्न, महिला, दलित, उत्पीडित तथा पिछडिएका वर्गका छन्, उनीहरूलाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको हो,’ उनले भने । सापकोटाका अनुसार देशभर सीटीईभीटीबाट सम्बन्धन प्राप्त १०० भन्दा बढी तालीम केन्द्रले तालीम दिइरहेका छन् । तालीमको अन्तिम चरण अन्तर्गत भरतपुरमा प्रशिक्षार्थी, प्रशिक्षक तथा सरकारी अधिकारीबीच अन्तरक्रियाका साथै प्रगति विवरण र सुझाव संकलन गरिएको सापकोटाले बताए ।

पहिलो परियोजनाको नतीजा अनुसार शतप्रतिशत परियोजना प्रभावकारी भएको उनको भनाइ छ । ‘पहिलो परियोजनामा पनि शतप्रतिशतले तालीम लिनुभयो, शतप्रतिशत स्वरोजगार बन्नुभएको थियो,’ उनले भने, ‘यसमध्ये ८० प्रतिशत नेपालमै काम गरिरहेका छन् भने २० प्रतिशत शीप लिएर विदेश गएका छन् ।’

दोस्रो परियोजना पनि उत्तिकै प्रभावकारी र उपलब्धिमूलक रहेको सापकोटाले बताए । शिक्षाबाट वञ्चित भएका युवालाई आत्मनिर्भर एवं उद्यमशील बनाउने उद्देश्यले परियोजना शुरुआत गरिएको परियोजनाका उपसचिव केवलीराम अधिकारीले बताए ।

रोजगारीको प्रकृति अनुसार तालीमको अवधि ३ देखि ६ महीनासम्म राखिएको छ । आफूले गर्न सक्ने र इच्छा लागेको काम अनुसार तालीमको वर्गीकरण गरिएको अधिकारीले बताए । पहिलो परियोजनामा तालीम लिएकामध्ये सबैजना दक्षता हासिल गरी स्वरोजगारमा रहेको उनले जानकारी दिए । दोस्रो परियोजनामा पनि केहीले काम शुरू गरिसकेको र कतिपय प्रक्रियामा रहेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)