ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आत्मनिर्भर बनाउन महिलालाई शीप विकास तालीम

२०७९ माघ, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । नेपाल दलित महिला उत्थान संघ (एड्वान)ले खैरहनी नगरपालिकाका महिलालाई आत्मनिर्भर बनाउन शीप विकास तालीम दिएको छ । नगरपालिकाले तालीमसँगै बीउ पूँजीको रूपमा आर्थिक सहयोग पनि गरिरहेको छ ।

एड्वानले महिलाहरूको समूह गठन गरेर शीप विकास तथा उद्यमशीलता विकास तालीम प्रदान गरिरहेको संस्थाका कार्यकारी निर्देशक कमलबाबु परियारले जानकारी दिए । उनका अनुसार खैरहनीका ६ ओटा वडामा १० ओटा महिला समूह गठन गरेर तालीम प्रदान भइरहेको छ । केहीलाई बीउ पूँजीस्वरुप आर्थिक सहयोग गरिएको उनले बताए ।
गठन भएकामध्ये ५ ओटा समूहलाई ५० हजारका दरले आर्थिक सहयोग गरिएको कार्यकारी निर्देशक परियारले बताए ।

छ ओटा वडामा तीनओटा समूह तरकारीखेतीसँग सम्बन्धित छन् भने दुईओटा क्रिष्टलको गहना बनाउने, एउटा सिलाइकटाइ र चारओटा उद्यमशीलता विकाससँग सम्बन्धित छन् । खैरहनी १० र ११ मा गठन गरिएका महिला समूहहरूलाई पाँचदिने उद्यमशीलता विकास तालीम दिइएको छ । तालीमको समापन शुक्रवार खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीको प्रमुख आतिथ्यमा गरिएको थियो । उपप्रमुख उप्रेतीले महिलाहरूको आयआर्जनका लागि नगरपालिकाले पनि शीप विकास तालीमसहित वस्तुगत सहयोग दिँदै आएको बताइन् । व्यवसाय छनोट गरेर समूहगत रूपमा आउनेलाई नगरले पनि सहयोग गर्ने उप्रेतीले बताइन् । दुई/चार पैसाका लागि अझै पनि अर्काको मुख ताक्नुपर्ने स्थिति रहेको भन्दै उनले त्यस्तो अवस्था अन्त्यका लागि महिला समूहहरूलाई आवश्यक सहयोग नगरपालिकाले गर्ने बताइन् ।

कार्यक्रममा एड्वानकी अध्यक्ष विन्दु थापा परियार सहित खैरहनी–११ का वडाध्यक्ष दिपेन्द्र दराई, कार्यपालिका सदस्य गोमादेवी भुजेललगायतको उपस्थिति थियो ।

५० जना महिलालाई उद्यमशील बनाउने विषयमा प्रशिक्षण दिइएको एड्वानकी सामाजिक सहजकर्ता सुनिता दराईले बताइन् । एड्वानले खैरहनीसहित रत्ननगर र भरतपुर महानगरपालिकामा पनि महिलाहरूका लागि सुधारिएको जीविकोपार्जन परियोजना सञ्चालन गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)