ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंकै विद्यालयमा पहिलोपटक गरियो सरस्वती पूजा ! हर्टविट समूहले दियो मूर्ति

२०७९ माघ, १२  
विविध Slider फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । श्रीपञ्चमीको अवसर पारेर हर्टविट समूहले शंखरापुर –३, ढोक्सान स्थित श्री शिलादेवी आधारभूत विद्यालयमा सरस्वतीको मूर्ति हस्तान्तरण गरेको छ । समूहले मूर्ति दिएपछि पहिलोपपटक उक्त विद्यालयमा सरस्वती पूजा सम्पन्न भएको छ ।

पहिलोपटक आफनो विद्यालयमा सरस्वतीको मूर्ति देख्दा विद्यार्थीहरू अच्चमित भएका थिए । धेरै जसो विद्यार्थीहरू मूर्ति बारे अनभिज्ञ थिए । तामाङ समूहको बाहूल्यता भएको उक्त विद्यालयमा पहिलो पटक सरस्वती पूजा गरिएको हो ।

सधैँजसो श्रीपञ्चमीका दिन बिदा हुने, गाउँमा व्रतवन्ध लगायत शुभकार्यहरू हुने हुँदा सरस्वती पूजामा कहिलै कार्यक्रम नभएको विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङले बताए ।

यो वर्ष पनि सो विद्यालयमा एक दिन अगाडि नै कार्यक्रम आयोजना गरिएको थियो । समूहले पूजाकै अवसरमा कापी,कलम पनि बाँडेको थियो । हर्टविटका जूजूकाजीले काठमाडौं लगायत अन्य ३ विद्यालयहरुमा विद्याकी देवी सरस्वतीको मूर्ति हस्तान्तरण गरिसकेको बताए ।

विद्यालय अध्यक्ष पवन वाईवाले समूहलाई यस पटक मात्रै नभइ विभिन्न समयमा सहयोग पाएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)