काठमाडौं । हिमालयन बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । बैंकले ३०औं वार्षिकोत्सवको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निःशुल्क आँखा परीक्षण शिविर र काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । आँखा शिविर नेत्रधाम फाउण्डेसनको सहकार्य र रक्तदान कार्यक्रम बंैकको कर्मचारी संगठनको समन्वयमा गरिएको बैंकले जानकारी दिएको छ ।
डा. सन्यम बजिमय र उनको टोलीले बैंकको आर्थिक सहयोगमा माघ ४ देखि ६ गतेसम्म निःशुल्क आँखा परीक्षण शिविर चलाएको बैंकको भनाइ छ । शिविरमा ३९० जनाको आँखा परीक्षण र २६ जनाको मोतीविन्दु तथा जलविन्दुको शल्यक्रिया गरिएको थियो । यस्तै रक्तदान कार्यक्रममार्फत सय जनाले रक्तदान गरेको बैंकले जानकारी दिएको छ ।