काठमाडौं । ग्लोबल आइएमई बैंकले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरेको हो ।
श्रीपञ्चमीको अवसरमा आयोजित कार्यक्रममा बैंकको बागमती प्रादेशिक कार्यालयका उपप्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापीलगायत शैक्षिक सामग्री हस्तान्तरण गरे । बैंकले उपलब्ध गराएका शैक्षिक सामग्री विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरीब तथा जेहेनदार विद्यार्थीलाई वितरण गरेको बताइएको छ । कार्यक्रममा बैंकका शहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेमबहादुर गुरुङलगायत शिक्षक र विद्यार्थीको उपस्थिति थियो ।