काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र पार्क सफारी रिसोर्टबीच सम्झौता गरिएको छ । बैंकका विशेषाधिकार कार्डवाहक, कर्मचारी, बचतकर्ता र शेयरधनीलाई रिसोर्टका सेवामा छूट दिनेगरी दुईपक्षीय सम्झौता गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र रिसोर्टका प्रबन्ध निर्देशक महेश खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका विशेषाधिकार कार्डवाहक, कर्मचारी, बचतकर्ता तथा शेयरधनीले रिसोर्टका सेवामा १० प्रतिशत छूट पाउनेछन् ।