ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंक र जर्मन होम्स हस्पिटालिटीबीच सम्झौता

२०७९ माघ, १५  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्स हस्पिटालिटीबीच सम्झौता गरिएको छ । बैंकका कार्डवाहक ग्राहकलाई छूट दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरिएको हो । सम्झौताअनुसार बैंकका कार्डवाहक ग्राहकले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशतसम्म छूट उपलब्ध पाउनेछन् । सो किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै डिजिटल कारोबारमा टेवा पुग्ने बैंकको भनाइ छ । बैंकले देशैभर १८२ शाखा, १३४ एटीएम र ९७  शाखारहित बैंकिङमार्फत कारोबार गर्दै आएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)