काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले १५.७९ प्रतिशत लाभांश शेयर वितरणको पारित गरेको छ । कम्पनीको २७औं वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश पारित गरिएको हो । कम्पनी सञ्चालक समितिका अध्यक्ष रोहितकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले स्वागत मन्तव्य राखेका थिए ।