ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा शेयर निष्कासन गर्ने

२०७९ माघ, १७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको पाँचौं वार्षिक साधारणसभाबाट उक्त निर्णय पारित भएको हो । साथै सभाले सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह लगायत वित्तीय विवरण सभाबाट पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।

यसैगरी सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फुटी शेर्पा र अभिनव जबरासहित स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको पनि नियुक्ति अनुमोदन गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)