रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित सिभिल बैंकको शाखाले ई–रिक्सा चालकहरूलाई क्यूआर कोड र ज्याकेट वितरण गरेको छ । वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत सय जना ई–रिक्सा चालकलाई क्यूआर कोड र ज्याकेट वितरण गरिएको बैंकले जानकारी दिएको छ ।
चन्द्रनिगाहपुरमा कार्यक्रम गर्दै ई–रिक्सा चालकहरूलाई ज्याकेट र क्यूआर कोड हस्तान्तरण गरिएको बैंकका चन्द्रनिगाहपुर शाखा प्रबन्धक सुरज पौडेलले बताए । कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख विश्वराज अर्यालको पनि उपस्थिति थियो । बैंकले यसअघि जुडिबेला माविकी एक छात्रालाई अध्ययनका लागि सहयोग गरेको थियो । बैंकको नियमित कार्यक्रम अन्तर्गत सामाजिक कार्यमा बैंकले चन्द्रनिगाहपुरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।