काठमाडौं । कुमारी बैंकका ग्राहकले सीजी डिजिटलका सामान खरीदमा छूट पाउने भएका छन् । बैंकका डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले सीजी डिजिटल र एलजी शपेमार्फत सामान खरीद गर्दा २० प्रतिशतसम्म छूट पाउने भएका हुन् । उक्त छूट फागुन १५ सम्म मात्र पाइने बैंकले जानकारी दिएको छ ।
ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न सीजी डिजिटलसँग सहकार्य गरिएको बैंकले बताएको छ । सीजी डिजिटल एण्ड एलजी शपेमा बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले हाल ३०४ शाखा, ३४५ एटीएम, ६२ शाखारहित बैंकिङ तथा ४८ एक्सटेन्सन काउन्टरमार्फत कारोबार गर्दै आएको छ ।