ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

२०७९ माघ, १८  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकको हेटौंडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ २० हजार रुपैयाँ सहयोग गरेको छ । आश्रमले सहाराविहीन, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा कमजोरका लागि खाना, कपडा र बस्ने व्यवस्था गर्दै आएको छ ।

सोही आश्रमको भवन निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग गरेको बताएको छ । त्यस्तै बैंकको सुकेधारा शाखाले काठमाडौंको मैजुहिटीस्थित टोखा ज्येष्ठ नागरिक समाजलाई टेबल प्रदान गरेको छ ।

नगरपालिकाको वडा नं १ देखि ११ सम्मका ज्येष्ठ नागरिकलाई पर्न सक्ने कठिनाइमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबल प्रदान गरेको हो । साथै बैंकको चन्द्रौटा शाखाले शिवराज नगरपालिका–५ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा ३ सम्म अध्ययनरत १८६ जना विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)