ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता

२०७९ माघ, १८  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच मर्जरका लागि अन्तिम सम्झौता गरिएको छ । मंगलवार दुवै कम्पनीबीच मर्जरका लागि अन्तिम सम्झौता भएको हो ।

सोसम्बन्धी सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुल र सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् । कार्यक्रममा दुवै कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरूलगायत पदाधिकारीको उपस्थिति थियो ।

सम्झौताअनुसार दुवै कम्पनी आपसमा गाभिएपछि कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहनेछ । मर्जरसम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारणसभामा लगिनेछ । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) क्रमश: १००:८० कायम रहनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)