काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल तथा मेडिकल संस्थानमा छूट पाउने भएका छन् । बैंकका ग्राहकलाई छूट उपलब्ध गराउने सम्बन्धमा बुधवार दुई संस्थाबीच सम्झौता गरिएको छ ।
सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले अस्पतालका विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छूट पाउने बैंकले जानकारी दिएको छ । उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।