काठमाडौं । नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरीदमा ब्याज नलाग्ने भएको छ । बैंक र शाओमी नेपालबीच शून्य ईएमआईसम्बन्धी सम्झौता भएपछि ग्राहकलाई राहत हुने भएको हो । सम्झौतामा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, शाओमी नेपालका प्रमुख अमित कुमार पन्डा र रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहकले शाओमीका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरीद गर्दा ईएमआईमा ब्याज लाग्नेछैन । उक्त सुविधा ३ महीना र ६ महीनाका लागि मात्रै लागू हुने बैंकले जानकारी दिएको छ । शाओमीका मोबाइल खरीदमा शून्य प्रतिशत, ३० प्रतिशत वा ५० प्रतिशत डाउनपेमेन्ट गर्ने सुविधा छ । मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागे पनि न्यूनतम सेवाशुल्क लाग्ने सम्झौतामा उल्लेख छ । सुविधा लिन नबिल बैंकको क्रेडिट कार्डवाहक हुनुपर्नेछ ।