काठमाडौं । एन आई सी एशिया बैंकले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ नारासहित ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा गत शुक्रवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा काठमाडौं उपत्यकामा सञ्चालित बैंकका १५० भन्दा धेरै व्यावसायिक साझेदारको सहभागिता थियो । ‘कार्यक्रममा मर्चेन्टहरूले देखाएको सहभागिता, सहकार्य र योगदानको उच्च मूल्यांकन र कदर गर्दै सहयात्रालाई पुनर्ताजगी गर्ने हेतुले ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ आयोजना गरिएको थियो,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछानेले बैंकले दिइरहेका विभिन्न डिजिटल सेवा तथा आगामी दिनमा शुरू गर्न लागेका सेवाबारे जानकारी गराएका थिए । यस प्रकारका कार्यक्रम आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना रहेको उनले बताए ।