काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंक (एनआईएमबी)को फिन पीओएसमा नेपाल पे ट्याप र नेपाल पे क्यूआर गर्न सकिने भएको छ । त्यसका लागि बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पीओएसबाट नेपाल पे ट्याप र नेपाल पे क्यूआर सेवा शुरू गरेको हो ।
‘ग्राहकले अब मर्चेन्ट प्वाइन्टहरूको फिन पीओएस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन्,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इन्टरनेटबिना पनि ग्राहकले नेपाल पे ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्ने बैंकको भनाइ छ ।