ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इण्टरनेट सीआईएको परियोजना १

Apr 27, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri


रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विश्व वेब सञ्जाल अमेरिकी गुप्तचर संस्था सेण्ट्रल इण्टेलिजेन्स एजेन्सी (सीआईए)को परियोजना भएको दाबी गरेका छन् । यसका साथै उनले सर्च इञ्जिन गूगल तथा इण्टरनेट प्रयोग गर्दा सावधानी अपनाउनसमेत रुसी नागरिकलाई सावधान गराएका छन् । युक्रेनमा तनाव बढिरहँदा रुस र अमेरिका नेतृत्वको पश्चिमा राष्ट्रबीच वाक्युद्ध चर्किंदै गर्दा पुटिनले यस्तो दाबी गरेका हुन् ।

बिहीवार रुसी युवा पत्रकारहरूसमक्ष बोल्दै पुटिनले इण्टरनेटको शुरुआत भएदेखि नै यो सीआईएको नियन्त्रणमा रहेको र यसमार्फत अमेरिकाले जासूसी गर्दै आएको बताए । ‘सीआईएको एक विशिष्ट परियोजनाअन्तर्गत इण्टरनेटको जन्म भएको हो,’ उनले भने । त्यस्तै इण्टरनेटले प्रदान गर्ने सूचना अमेरिकी राज्यमा रहेका सर्भरमा जाँच भएर मात्र खोजकर्तामाझ आइपुग्ने पुटिनको जिकीर छ । यसैक्रममा उनले रुसको सबैभन्दा लोकप्रिय सर्च इञ्जिन यानडेक्समाथि पनि नियन्त्रण गरिनसक्ने सङ्केत दिए ।

‘यानडेक्स आंशिक रूपमा विदेशमा दर्ता गरिनु कर सम्बन्धित कारणले मात्रै होइन, यसका पछाडि अन्य उद्देश्य पनि रहेका छन्,’ पुटिनले भने । उक्त सर्च इञ्जिनमा विदेशीहरूको आंशिक लगानी भएको उनले बताए । रुसको इण्टरनेट नियन्त्रण गर्ने विदेशीहरूको उद्देश्यबारेको पुरानो चिन्तालाई उनले दाहोर्‍याए । रासस/एएफपी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)