ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्यो मेला, जहाँ पुजारीदेखि प्रेमिकासम्म खोज्ने जानकारी दिइन्छ

२०७९ माघ, २५  
समाचार प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar सुनिल शर्मा

काठमाडौं । गत मंगलवार क्यान इन्फोटेक मेला परिसरमा रहेको डेटिङ एपको स्टलबाट एक हुल विद्यार्थी फर्किँदै थिए । तीमध्ये दुई जनाको हातमा गुलाब थियो । डेटिङ एपबारे जानकारी लिएर फर्किंदै थिए उनीहरू । 

भृकुटीमण्डपमा मंगलवारबाट शुरु भएको २५ औं संस्करणको मेलामा डेटिङ एपबारे जानकारी दिने स्टलमा मात्रै भीड थिएन, अन्य स्टलमा पनि भीड देखिन्थ्यो । आगन्तुकहरू मेलामा राखिएका स्टलमा पुगेर पूजापाठका लागि पुजारी खोजिदिने एपलगायत अन्य विभिन्न सामानबारे जानकारी लिइरहेका थिए । 

मेलामा कम्प्युटर, ल्यापटप विक्री गर्ने स्टलसँगै बैंक, कलेज तथा इन्टरनेट सेवाप्रदायक कम्पनीका स्टल पनि राखिएका छन् । यस्तै, अनलाइन गेम, साइबर सुरक्षा तथा डिजिटल वालेटहरूबारे जानकारी दिने स्टल पनि मेलामा छन् । मेलामा दृष्टिविहीनहरूको लागि प्रविधिमैत्री स्टल पनि राखिएको आयोजक कम्प्युटर एशोसियशन अफ नेपालले जनाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)