ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बैंक र नागरिक लगानी कोषबीच सम्झौता

२०७९ माघ, २७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता गरिएको छ । अनलाइन कारोबारमार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा गर्न सक्नेगरी दुई संस्थाबीच सम्झौता गरिएको हो ।

सम्झौता अनुसार कर्मचारीहरूको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरूको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकम वेबमा आधारित ई–सर्भिस सफ्टवेयरबाट समेत खातामा जम्मा गर्न सकिनेछ । सम्झौतापत्रमा बुधवार बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल बैंक र नागरिक लगानी कोषबीचको व्यावसायिक सम्बन्ध नागरिक लगानी कोषको स्थापनादेखि भएको भन्दै बैंकिङसम्बन्धी कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोषका कार्यकारी निर्देशक नेपालले कोषले सञ्चालन गरेका कार्यक्रमलाई नेपालकै पहिलो बैंकले सधैं साथ दिँदै आएको भन्दै नयाँ सम्झौता अनुसार अनलाइन कारोबारमा पनि सोहीअनुरूप बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा गरिएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)