ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिन्धु विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न

२०७९ माघ, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिन्धु विकास बैंकको १३औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पारित गरेको छ । साथै बैंकको संस्थापक शेयरधनीका तर्फबाट आगामी ४ वर्षका लागि सञ्चालकहरूमा राजेन्द्रकुमार श्रेष्ठ, निभा डंगोल तथा कर्मचारी सञ्चयकोषका तर्फबाट प्रतिनिधित्व गर्ने गरी दिनेशकुमार केसीलाई निर्विरोध चयन गरिएको छ ।

सोही दिन सम्पन्न सञ्चालक समितिको बैठकले बैंकका अध्यक्ष पदमा आगामी ४ वर्षका लागि राजेन्द्रकुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको बैंकले जानकारी दिएको छ । बैंकलाई आगामी दिनमा बागमती प्रदेशकै उत्कृष्ट विकास बैंकका रूपमा स्थापित गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले बताए । सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रूपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनमा गरी २५ ओटा शाखामार्फत कारोबार गर्दै आएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)