काठमाडौं । विद्युतीय सवारीसाधन खरीद गर्न चाहने आफ्ना ग्राहकलाई सरल र सुलभ तरीकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकका कामु कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङका महाप्रबन्धक शास्वत जंग सिजापतीले आइतवार हस्ताक्षर गरेका थिए । सम्झौतापछि सिप्रदी ट्रेडिङबाट टाटा ब्राण्डका विद्युतीय सवारीसाधन खरीद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल र सुलभ ब्याजदरमा कर्जा सुविधा पाउनेछन् ।