काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय भुक्तानी प्रणालीमा जोडिएको छ । यसका लागि कम्पनीले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतापछि अनलाइन भुक्तानी प्रणाली थप प्रभावकारी बन्ने दाबी गरिएको छ । सम्झौतापत्रमा इन्फिनिटीमा प्रमुख कार्यकारी अधिकृत प्रविनकुमार लामा र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । २०७३ माघमा स्थापना भएको इन्फिनिटीले ४७ जिल्लाका ९० शाखामार्फत करीब १ लाख सदस्यलाई लघुवित्त सुविधा उपलब्ध गराउँदै आएको बताएको छ ।