काठमाडौं । लक्ष्मी बैंकले पोखरामा दुई एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ । पोखरा महानगरपालिका–११ स्थित मनिपाल अस्पताल र वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । यससँगै बैंकका एक्स्टेन्सन काउन्टरको संख्या १६ पुगेको छ । यस्तै ५० जिल्लामा १४४ शाखा सञ्जाल, ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट र ६९ शाखारहित बैंकिङ एजेन्ट रहेको बैंकले जानकारी दिएको छ । बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायत वित्तीय सेवाको बढ्दो माग पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको बताएको छ ।