ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट बैंकले शुरू गर्‍यो ‘रोबोटिक प्रोसेस अटोमेशन’

२०७९ फागुन, ७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेवा स्वचालित मेसिनबाट गर्ने भएको छ । बैंकले यसका लागि क्वीक फक्स कन्सल्टिङसँग सम्झौता गरी ‘रोबोटिक प्रोसेस अटोमेशन’को यात्रा शुरू भएको जानकारी दिएको हो ।

 बैंकिङ क्षेत्रमा सबल हुने, प्रतिस्पर्धी रहने र ग्राहकलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्नो अटोमेशनको यात्रा शुरू गरिएको बैंकले बताएको छ । बैंकले प्रदान गर्ने सेवामा रहेका अधिकांश प्रक्रिया दोहोरिने, प्रक्रियागत रूपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएकाले प्रविधिको प्रयोगमा जोड दिएको बैंकको भनाइ छ । कतिपय काम पूरा गर्न धेरै जनशक्ति समावेश गर्नुपर्ने, मानवीय हस्तक्षेपको कारण कतिपय कार्य ढिलो र त्रुटिपूर्ण हुन सक्ने भएकाले बैंकले ‘रोबोटिक प्रोसेस अटोमेशन’को यात्रा तय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)