ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीवाइडीका गाडी किन्दा एभरेष्ट बैंकबाट सहजै कर्जा

२०७९ फागुन, ७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक र एभरेष्ट बैंकबीच कर्जा सहजताका लागि सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीका विद्युतीय कार किन्न चाहने ग्राहकले एभरेष्ट बैंकबाट ८० प्रतिशतसम्म कर्जा सहज रूपमा पाउनेछन् । एभरेष्ट बैंकले आवश्यक कागजात भएको अवस्थामा एक हप्ताभित्र कर्जा स्वीकृत गर्ने र सेवा शुल्कमा ३३ प्रतिशत छूट दिने बताएको छ ।

बैंकले विद्युतीय सवारीसाधन प्राथमिकता प्राप्त क्षेत्र भएको र वातावरणमा यसको ठूलो फाइदा रहेको कारण बीवाइडीका विद्युतीय कारमा कर्जा दिने निर्णय भएको बताएको छ । एभरेष्ट बैंकका डेपुटी जनरल म्यानेजर केशवराज जोशीले वातावरणमैत्री बीवाइडीका गाडीमा कर्जा दिने सम्झौताले विद्युतीय गाडी किन्न चाहने ग्राहकलाई सहयोग पुग्ने विश्वास लिएको बताए । साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाइडीका गुणस्तरीय र वातावरणमैत्री सवारीसाधन सहज रूपमा ग्राहकसम्म पुर्‍याउन एभरेष्ट बैंकसँग साझेदारी गर्न पाउनु गौरवको विषय रहेको बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)