ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त, नेपालदेखि म्यानमारसम्म २६ वर्षको अनुभव

२०७९ फागुन, ७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिवार बसेको सञ्चालक समितिको बैठकले गुरुङलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

सीईओ छनोट समितिले  तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीनजनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको हो । उक्त पदका लागि २२ जनाको आवेदन परेको थियो ।

उनी सिभिल बैंक र म्यानमारमा रहेको 'म्यानमार सिटिजन्स बैंक'का पूर्व सीईओ हुन् । नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ क्षेत्रमा करीब २६ वर्षको अनुभव छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर शुरू गरेका थिए ।

गुरुङले सोमवार देखि कार्यभार सम्हाल्ने छन् । कृषि विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको कार्यकाल सकिएपछि सीईओ पद खाली थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)